NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३० गते

दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश दिएको हो ।

यस्तै, अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । चार नाबालकलाई भक्तपुर पठाइएको थियो ।

२० जेठदेखि अदालतमा थुनछेक बहस सुरु भएको थियो, जुन बिहीबार सकिएको छ । राजावादी आन्दोलनका कमान्डर प्रसाईंसहित ८ जनामाथि कर्तव्य ज्यानको मुद्दा पनि लगाइएको थियो, तर आपराधिक उपद्रवको मुद्दा लागेकाहरू धरौटीमा रिहा भइसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष