वीरगञ्जमा सवारी दुर्घटना: दुईको मृत्यु, एक घाइते
पर्सा- वीरगञ्ज महानगर- २२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज बिहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राईपोर्टतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।
‘बिग्रिएर सडकमै रोकिएको ट्रकसँगको ठक्करमा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ,’ उनले भने । सो दुर्घटना शुक्रबार बिहान ५ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका- ३ झलमैया टोलका २३ वर्षे रामाकान्त यादव र सोही ठाउँका विजय यादव छन् भने सोही ठाउँका २२ वर्षे विजयकुमार यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया