असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधिसभाबाट पारित गर्ने प्रयत्न भइरहेको बताएका छन् ।
शनिबार आयोजित सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार १५ गतेसम्म ऐन पारित गर्ने गरी सरकार अघि बढिरहेको बताएका हुन् ।
‘असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई हामीले प्रतिनिधिसभाबाट सकेसम्म पारित गरौँ भन्ने मेरो प्रयत्न छ,’ शिक्षामन्त्री पन्तले भने । शिक्षामन्त्री पन्तले १२ कक्षा पास हुने बित्तिकै विद्यार्थीलाई देश बाहिर पठाउनु नहुनेमा पनि जोड दिए ।
‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनै पनि हालतमा देश बाहिर पठाउनु हुँदैन,’ पन्तले भने ।
कतिपय कन्सलटेन्सीहरूले १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया जानासाथ लाख रुपैयाँको जागिर पाइन्छ भनेर विद्यार्थी पठाउने गरेको भन्दै उनले आपत्ति जनाए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया