सर्वोच्च अदालतका तीन न्यायाधीशसहित न्याय परिषद् सदस्यविरुद्ध उजुरी आव्हान
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको उजुरी आव्हान गरेको छ ।
समितिले सार्बजनिक सूचना निकाल्दै १० दिन भित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय वा इमेलमार्फत उजुरी दिन आग्रह गरेको छ ।
यस अघि शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको थियो ।
समितिले संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिहरूका सन्दर्भमा सर्वसाधारणलाई जानकारी दिन तथा कुनै सूचना वा उजुरी भए समिति समक्ष बुझाउन सूचनालाई सरकारी सञ्चारमाध्यम तथा विद्युतीय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्नें निर्णय गरेको थियो ।
न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै गत विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया