सर्वोच्च अदालतका तीन न्यायाधीशसहित न्याय परिषद् सदस्यविरुद्ध उजुरी आव्हान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको उजुरी आव्हान गरेको छ ।
समितिले सार्बजनिक सूचना निकाल्दै १० दिन भित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय वा इमेलमार्फत उजुरी दिन आग्रह गरेको छ ।
यस अघि शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको थियो ।
समितिले संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिहरूका सन्दर्भमा सर्वसाधारणलाई जानकारी दिन तथा कुनै सूचना वा उजुरी भए समिति समक्ष बुझाउन सूचनालाई सरकारी सञ्चारमाध्यम तथा विद्युतीय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्नें निर्णय गरेको थियो ।
न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै गत विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।
ताजा अपडेट
-
संघीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधि सभामा पेश
-
नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार
-
गाउँ विकास समितिका अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
देशका अधिकांश स्थानमा मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने
-
प्रधानमन्त्री ओलीले भने-‘निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ’
प्रतिक्रिया