इजरायलको आक्रमणमा इरानी गुप्तचर एकाइका प्रमुखको मृत्यु
काठमाडौँ । इजरायलको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सको गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्ससँग सम्बन्धित तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले काजेमी बाहेक उनका उप-कमाण्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएको बताएको छ ।
काजेमीको मृत्युलाई इरानको सैन्य र गुप्तचर संरचनामा ठूलो धक्का मानिएको छ । यसअघि पनि कोर्प्सका प्रमुख मोहसिन बघेरी र जनरल होसेन सलामी इजरायली आक्रमणमा मारिएका थिए ।
इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने एक हजार २७७ जनाभन्दा बढी घाइते भएका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया