करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
काठमाडौं । तिलाठी कोईलाडी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय सप्तरीका तत्कालीन सव-इन्जिनियर दिपेन्द्र कुमार झाले करार नियुक्ति लिन नक्कली शैक्षिक योग्यता पेस गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिनियर झाले नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु नक्कली रहेको भन्ने उजुरीको आधारमा उनीमाथि अनुसन्धान गरेको थियो । आयोगले झाले करारमा नियुक्त नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर जनाएकाे छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना गर्न अख्तियारको माग छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया