NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २ गते

मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसमेत ४ जनाविरुद्ध भष्ट्राचार मुद्दा दर्ता भएको छ ।

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै दुई खरिदार हरिचन्द्र पाण्डे र  रतन बहादुर जि.सी, लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीसमेतको आपसी मिलेमतोमा लेखापढी व्यवसायीमार्फत सेवाग्राहीसँग घुस माग गरेको आरोपमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको हो ।

आयोगका अनुसार खरिदार हरिचन्द्र पाण्डेलाई विचौलियामार्फत सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस लिई तिवारी रेष्टुरेण्ट संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित खरिदार पाण्डे, लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको हो।

ताजा अपडेट

नेपालवाच विशेष