प्रधानमन्त्रीसँगको प्रश्नोत्तर असार ६ गते हुने
काठमाडौं- असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।
साथै बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मत स्वीकृत गरेको छ । उक्त प्रश्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रश्तुत गरेका थिए ।
साथै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालय अन्तर्गतका विभिन्न शिर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनको लागि आगामी असार ५, ६ र ७ गतेका दिनहरू तोकिएको सभामुख घिमिरेले जानकारी दिए ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया