वित्तीय विवरण हेरेर यसरी छुट्याउनुहोस् राम्रो/नराम्रो कम्पनी
काठमाडौं । सेयर बजारमा लगानी गर्नेको संख्या बढ्दै गइरहेको छ । यसमा पनि प्राथमिक सेयर अर्थात आइपिओमा भन्दा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता बढीरहेको सिडिएससीको तथ्यांकले देखाउँछ ।
यसरी दोस्रो बजारमा कारोबार बढीरहँदा लगानीकर्ताले पनि सोचविचार पुर्याएर लगानी गर्नुपर्ने सिए धुव्र अधिकारी बताउँछन् । दोस्रो बजारमा लगानी गर्दा लगानीकर्ताले मुख्यतया कम्पनी विश्लेषण भने जान्नैपर्ने हुन्छ ।
धेरै लगानीकर्ता बजारमा कम्पनी विश्लेषण नगरी नै जुुन कम्पनीको सेयर मूल्य बढीरहेको छ त्यही सेयरमा कारोबार गर्ने गरेको समेत देखिन्छ । यसले लगानीकर्ता अझ डुब्न सक्छन् । यसकारण पनि लगानीकर्ताले कम्पनी छनोटमा विशेष ख्याल गर्नुपर्छ ।
कुनै पनि वित्तीय संस्थाले वित्तिय विवरण, नाफा नोक्सानलगायत वित्तीय जानकारीको लेखाजोखा प्रकाशित गरेको हुन्छ । संस्थाले यस्तो विवरण हरेक ३ महिना तथा प्रत्येक वर्ष निकाल्ने गर्छ । लगानीकर्ताले यस्तो विवरणबाटै कम्पनीको नाफानोक्सान तथा वित्तीय अवस्थाको जानकारी लिन सक्छन् ।
टेलिभिजन प्रस्तुती कुरा पैसाको नयाँ अंकमा हामीले लगानीकर्तालाई वित्तीय विवरण हेर्ने तरिका एंव यसको महत्व बुझाउने प्रयास गरेका छौं । प्रस्तोता निरज गिरीले चार्टड एकाउन्टेन्ट (सिए) धुव्र अधिकारीसँग वित्तीय विवरणको आधारमा कम्पनी छनौटको विशेषयमा गरिएको छलफलको पूूरा भिडियो तलको लिंकमा हेर्नुहोस् :
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया