प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।
बैठकमा संसदमा रास्वपाले जारी राखेको अवरोध, संसदमा पेश हुनेक्रममा रहेको संघीय निजामती सेवा विधेयक र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक बारे पनि छलफल हुने बताइएको छ ।
साथै बैठकमा माओवादी केन्द्रसँग भिजिट भिसा प्रकरणमा कांग्रेस र एमालेले गरेको दुई बुँदे सहमतिको कार्यान्वयनका बारेमा छलफल हुने बुझिएको छ ।
ताजा अपडेट
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?


प्रतिक्रिया