भीम रावल भन्छन् : दाउन्ने सडक ठप्प छ, सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?
काठमाडौँ । नेकपा एमालेका पुर्व नेता भीम रावलले नारायणघाटबाट बुटवल जाने सडक गएरातीदेखि ठप्प रहेकोप्रति सरकारलाई प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता रावलले देशको मुख्य राजमार्गकै यस्तो दुर्दशा भन्दै सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्-
केही दिन अघि गाडिमा आउदा दाउन्ने देखि कावासोतीसम्म यातायात अवरोधको गम्भीर समस्या सामना गरी काठमाडौं आइपुगेको तेस्रो दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले एकजना पत्रकारलाई सरकारले काम गरेको हेर्न दाउन्ने जानु भनेको सुन्दा आश्चर्य लागेको थियो । दाउन्नेमा गए रातीदेखि यातायात ठप्प रहेको समाचार सुनियो।यात्रुको कन्तबिजोक ! मुख्य राजमार्गको यस्तो दुर्दशा ! सरकार के गर्दै छ त? रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?
ताजा अपडेट
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?


प्रतिक्रिया