भीम रावल भन्छन् : दाउन्ने सडक ठप्प छ, सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?
काठमाडौँ । नेकपा एमालेका पुर्व नेता भीम रावलले नारायणघाटबाट बुटवल जाने सडक गएरातीदेखि ठप्प रहेकोप्रति सरकारलाई प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता रावलले देशको मुख्य राजमार्गकै यस्तो दुर्दशा भन्दै सरकार रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्-
केही दिन अघि गाडिमा आउदा दाउन्ने देखि कावासोतीसम्म यातायात अवरोधको गम्भीर समस्या सामना गरी काठमाडौं आइपुगेको तेस्रो दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले एकजना पत्रकारलाई सरकारले काम गरेको हेर्न दाउन्ने जानु भनेको सुन्दा आश्चर्य लागेको थियो । दाउन्नेमा गए रातीदेखि यातायात ठप्प रहेको समाचार सुनियो।यात्रुको कन्तबिजोक ! मुख्य राजमार्गको यस्तो दुर्दशा ! सरकार के गर्दै छ त? रेल, जहाज र रकेट बनाउन व्यस्त हो र ?
ताजा अपडेट
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी


प्रतिक्रिया