सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाभित्रका छ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा भएका छन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पोषणका आधारभूत सूचक पार भएपछि पालिकाभित्रका स्वास्थ्य संस्था पोषणमैत्री संस्था घोषणा गरिएको छ ।
उनले भने, “सिंजा-३ मा रहेको नराकोट स्वास्थ्य चौकी, वडा नं १ मा रहेको धापा स्वास्थ्य चौकी, वडा नं ५ स्थिति शनिगाउँस्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ । यसैगरी आधारभूत स्वास्थ्य केन्द्र वडा नं २ को विष्टबाडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नं ४ को देवीडाँडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नं ६ मा रहेको स्वास्थ्य चौकी समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।”
यही असार ९ गते गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेला गरिने छ । यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
ताजा अपडेट
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी


प्रतिक्रिया