सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाभित्रका छ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा भएका छन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पोषणका आधारभूत सूचक पार भएपछि पालिकाभित्रका स्वास्थ्य संस्था पोषणमैत्री संस्था घोषणा गरिएको छ ।
उनले भने, “सिंजा-३ मा रहेको नराकोट स्वास्थ्य चौकी, वडा नं १ मा रहेको धापा स्वास्थ्य चौकी, वडा नं ५ स्थिति शनिगाउँस्थित स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको छ । यसैगरी आधारभूत स्वास्थ्य केन्द्र वडा नं २ को विष्टबाडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नं ४ को देवीडाँडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नं ६ मा रहेको स्वास्थ्य चौकी समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।”
यही असार ९ गते गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेला गरिने छ । यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
ताजा अपडेट
-
लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने
-
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास
-
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
-
विपिनको कप्तानीमा १४ सदस्यीय इस्ट जोन प्रतियोगिता खेल्ने यू-१६ टिमको घोषणा
-
भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ- ज्ञानेन्द्र शाही
प्रतिक्रिया