देशका प्रमुख ६ सडक खण्ड पूर्णरुपमा अवरुद्ध
काठमाडौँ । बर्षा शुरु भएसँगै प्रमुख सडक अवरुद्ध हुनेक्रम शुरु भएको छ । नेपाल प्रहरीका अनुसार विहिबार बिहान ९ बजेसम्मको अपडेट अनुसार हाल देशका प्रमुख ६ सडक पूर्णरुपमा अवरुद्ध रहेका छन् भने पाँच सडक एकतर्फी संचालनमा रहेका छन् ।
हाल सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारीमा पहिरोका कारण अरनिको राजमार्ग सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ । त्यस्तौ सिन्धुपाल्चोकको भोटेकोशी-३ को लार्चामा पहिरोका कारण अरनिको राजमार्ग पुर्णरुपमा अवरुद्ध रहेको छ ।
त्यसैगरी सिन्धुपाल्चोककै भोटेकोशी-२ को कोप्लाङमा पहिरो जादा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ ।
त्यस्तै आज नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउदा पुर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको छ । त्यसैगरी म्याग्दीको अन्नपूर्ण-३ रुप्सेमा पहिरो जादा बेनी-जोमसोम सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यसैगरी डोल्पाको त्रिपुरासुन्दरी-१ को छलघाटमा बाढी आउदा भेरी कोरिडोर पूर्णरुपमा अवरुद्ध रहेको छ ।
त्यस्तै धनकुटाको रवि राके भेडेटार सडक, काभ्रेको विपी राजमार्ग, चितवनको नारायाण-मुग्लिन सडक खण्ड, गुल्मीको कालिगण्डकी कोरिडोर, जुम्लाको जुम्ला मुगु सडक खण्ड पहिरोका कारण एकतर्फी संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी


प्रतिक्रिया