मितेरी बचत ठगी : कम्बोडियामा पक्राउ अभियुक्तमाथि अनुसन्धान सुरु
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडाैं रकम ठगी गरी फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालयबाट खटिइएको प्रहरीले टोलीले ४२ वर्षीय भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी बुधबार राति नेपाल ल्याएको थियो । सो सहकारीको एक सय ४४ जना बचतकर्ता र सञ्चालकसमेतको गरी रु १४ करोडबढी रकम ठगी गरेको मुद्दामा फरार तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत उनले उक्त रकम लिएर विदेशमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुलेको छ । उनलाई पक्राउ गर्न प्रहरीले गत कात्तिक १३ गते ‘रेड नोटिस’ जारी गरेको थियो ।
मितेरी सहकारीका महाप्रबन्धक गुरुङले अपचलन गरेको करोडौँ रकम थाइल्याण्डमा बसोबास गर्ने भण्डारीले चलाएको र उनले सो रकम फिर्ता गराइदिने भनि सहकारीका पदाधिकारी र भण्डारीबीच सम्पर्क गराएको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिवादी भण्डारीले कास्की र बर्दियाबाट दुई वटा बेग्लाबेग्लै नागरिकता लिएको र सोही आधारमा दुई वटा राहदानी पनि लिएको पाइएको छ । उनले अन्य व्यक्तिहरुको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरुको विवरण राखी कीर्ते गरेको नागरिकता र राहदानीलाई ठगी गर्न प्रयोग गरेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया