बीपी राजमार्गमा राति गाडी चलाउन रोक
काभ्रे । बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। आज (शुक्रबार) काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढी पहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।
काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो। एकैछिन पानी पर्यो भने पनि बाढी पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ। छलफलमा अन्तरजिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए। मनसुन सक्रिय भएसँग देशका अधिकांश जिल्लामा बाढी पहिरोका कारण सडक अवरुद्ध हुने क्रम बढेको छ।
ताजा अपडेट
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया