श्रीलंकाविरुद्ध नेपाल ८ गोलले विजयी, साम्बाको ह्याट्रिक
काठमाडौं। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी भएको छ ।
उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा आज भएको खेलमा नेपालको जितमा कप्तान सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक गरिन् ।
पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन र अतिरिक्त समयमा एक गोल गर्यो । गीता रानाले दुई, पूजा राना, निशा थोकर र रेखा पौडेलले एक/एक गोल गरेका थिए ।
नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।
श्रीलंका भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया