श्रीलंकाविरुद्ध नेपाल ८ गोलले विजयी, साम्बाको ह्याट्रिक
काठमाडौं। एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी भएको छ ।
उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा आज भएको खेलमा नेपालको जितमा कप्तान सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक गरिन् ।
पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन र अतिरिक्त समयमा एक गोल गर्यो । गीता रानाले दुई, पूजा राना, निशा थोकर र रेखा पौडेलले एक/एक गोल गरेका थिए ।
नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।
श्रीलंका भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो ।
ताजा अपडेट
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
-
नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध


प्रतिक्रिया