सिद्धबाबा सुरुङको भौतिक प्रगति ५६ प्रतिशत माथि पुग्यो
काठमाडौँ । सिद्धबाबा सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ५६ प्रतिशतमाथि पुगेको छ ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाले बुधबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार सिद्धबाबामा अहिले टनेल लाइनिङको काम जारी छ । स्लोप प्रोटेक्सनको कामसमेत जारी छ ।
सिद्धबाबाको वित्तीय प्रगति ५०.२० छ । यो आयोजनामा ११ माघ २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सुरुङको भर्चुअल माध्यमबाट ‘ब्रेक थ्रु’ गरेका थिए । यहाँ १ हजार ८९ मिटर लामो मुख्य सुरुङ बनाइएको छ ।
यसबाहेक तीन बाइपास सुरुङको समेत ब्रेक थ्रु भइसकेको छ । अहिले सुरुङमा आवश्यक अन्य संरचना निर्माणको काम जारी रहेको आयोजनाले जनाएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा दोभानदेखि सिद्धबाबासम्म अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ । यो खण्डको झण्डै ४ किलोमिटर सडक बर्खा र हिउँद सधैँ पहिरोको उच्च जोखिममा पर्ने गरेको छ । सोही जोखिम मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया