आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछन् । प्रतिनिधि सभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।
सोही समयमा बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँदैछ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुँदैछ ।
ताजा अपडेट
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
-
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश
प्रतिक्रिया