सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?

काठमाडौं । पछिल्लो समय पुँजीबजारमा लगानीकर्ताको संख्या जसरी तीव्र गतिमा बढीरहेको छ त्याे हरेर नियमन फितलो देखिन्छ । अहिले अधिकांश लगानीकर्तामा आजको भोलि नाफा खोज्ने प्रवृत्ति छ । यो सोच लगानीकर्तामा यसरी हाबि भइरहेको छ मानौ, पुँजीबजार नाफामात्र हुुन्छ ।
यसले गर्दा लगानीकर्ताले वित्तीय अवस्था राम्रो भएको कम्पनीहरुमा भन्दा बजारमा चलखेल भएको कम्पनीमा ध्यान दिएको पाइन्छ । जुुन डरलाग्दो अवस्था हो । जब यस्ता चलखेल भएको कम्पनीमा लगानी गरिन्छ, ठुला लगानीकर्ता मुनाफा कमाएर बाहिर निस्कन्छन् र साना लगानीकर्ताले आर्थिक नोक्सनाी बेहोर्नु परेको स्थिति छ । त्यसैले हाम्रा लगानीकर्ताले वित्तिय सुचक अवस्था राम्रो रहेको कम्पनी हेरेर लगानी गर्नु उचित हुुन्छ ।
यसमा अलिकति हाम्रा नियामक निकाय (नेपाल धितोपत्र बार्ड) ले पनि बजारमा भइरहेको चलखेल नियन्त्रण अति जरुरी छ । नेपालको पुँजीबजार पूर्ण रूपमा स्वतन्त्र प्रणालीमा आधारित छैन यो सधै नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा भर परेको देखिन्छ । बैंकले ल्याउने मौद्रिक नीतिले हाम्रो बजार कहाँ जान्छ भनेर भन्नुपर्ने अवस्था छ । हाम्रो पुँजीबजार पहिलेको तुलनामा राम्रो हुुँदै गएको अवस्था पनि छ । पुँजीबजार लामो समययको लगानी हो यसमा लगानी गर्दा त्यही अनुुरुपको योजना, अध्ययन चाहिन्छ ।
आफूूसँग एक सय रुपैया छ भने, लगानी ५०० काे गर्ने प्रवृत्ति अहिले मौलाएको छ । कतिपय स्थितीमा लगानीकर्ताले ऋण लिएरसमेत लगानी गर्ने गर्न थालेका छन्। यसो गर्दा, साना लगानीकर्ताहरूको लागि जोखिम अझ बढ्छ । लगानी गर्दा आफ्नो क्षमता पनि हेरेर लगानी गर्नुुपर्छ । पछिल्लो समय लगानीकर्ताको संख्या बढेकाे छ, जुन पुुँजीबजारको विकासको लागि सबैभन्दा राम्रो पक्ष हो । तर, विकृति पनि मौलाएको छ।
हाम्रो लगानीकर्ताले पुुँजीबजारमा सधै नाफामात्रै हुन्छ नोक्सान हुुँदैन् भन्ने सोचमा लगानी गरेका छन् । लगानीकर्ताले सधैं नाफा मात्र हुन्छ भन्ने सोच राखेर लगानी गर्नु भनेको आफ्नो पुुँजी डुबाउनु हो । यो बजारमा नाफासँग घाटा पनि हुुन्छ यो कुरा लगानीकर्ता बुझनु अत्यावश्यक छ ।
बजारमा जसरी नयाँ लगानीकर्ताको संख्या बढ्दो छ त्यसरी नियामक निकायले अब साधनस्रोत बढाएर बजारको नियमन गर्नुपर्छ । यसो गर्दा, मात्र पुँजीबजारको दीर्घकालिक विकास हुन्छ भने लगानीकर्ता पनि सुरक्षित हुन्छन् ।
(नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्वप्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले नेपालवाचको टेलिभिजन कार्यक्रम कुरा पैसाको नयाँ अंकमा राखेकाे भनाइकाे सम्पादित अंश )
छलफलको पूरा भिडियो हर्नुहाेस् :
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया