भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
झापा- भोजपुरमा धारिलो हतियार प्रहार गरी एकै परिवारका ४ जनाको हत्या भएको छ ।
आज बिहान ४:३० बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका- २ धोद्ले खानी बस्ने ६८ वर्षीय बेलबहादुर गिरीको घरमा आएका ज्वाइँ भोजपुर- २ हेलौछा स्थायी घर भएका ३० वर्षीय राजेन्द्र राईले हतियार प्रहार गरेका हुन् ।
उनी असार १२ गतेदेखि ससुराली घरमा बस्दै आएका थिए । आज बिहान घरायसी विवादपश्चात् राईले ससुरा बर्ष ६८ का बेलबहादुर गिरी, सासुआमा बर्ष ४५ की मन्जु गिरी, सालो बर्ष ९ का सपन गिरी र श्रीमती वर्ष १५ की मनिषा गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी ओख्रेबाट टोली खटिएर हतियार प्रहार गर्ने राजेन्द्रलाई पक्राउ गरेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया