भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
झापा- भोजपुरमा धारिलो हतियार प्रहार गरी एकै परिवारका ४ जनाको हत्या भएको छ ।
आज बिहान ४:३० बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका- २ धोद्ले खानी बस्ने ६८ वर्षीय बेलबहादुर गिरीको घरमा आएका ज्वाइँ भोजपुर- २ हेलौछा स्थायी घर भएका ३० वर्षीय राजेन्द्र राईले हतियार प्रहार गरेका हुन् ।
उनी असार १२ गतेदेखि ससुराली घरमा बस्दै आएका थिए । आज बिहान घरायसी विवादपश्चात् राईले ससुरा बर्ष ६८ का बेलबहादुर गिरी, सासुआमा बर्ष ४५ की मन्जु गिरी, सालो बर्ष ९ का सपन गिरी र श्रीमती वर्ष १५ की मनिषा गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी ओख्रेबाट टोली खटिएर हतियार प्रहार गर्ने राजेन्द्रलाई पक्राउ गरेको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया