राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
काठमाडौं- प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) संसद बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएको भन्दै दुवै दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका हुन् ।
रास्वपा सांसद मनिष झा र राप्रपा सांसद दिपकबहादुर सिंहले भिटिज भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार गर्ने बताए । बैठक सुरू हुने वित्तिकै उनीहरूले अवरोध गरेका थिए । सभामुख देवराज घिमिरेले पहिला रास्वपा सांसद झा र त्यसपछि राप्रपा सांसद सिंहलाई बोल्न समय दिएका थिए । उनीहरूले जतिसक्दो चाँडो छानबिन समिति गठनको माग गरे ।
सरकारले भिजिट भिसा प्रकरणमा पूर्व मुख्यसचिव समेत रहेका शंकरदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ । तर रास्वपा र राप्रपाले पूर्व मुख्यसचिव वैरागी नेतृत्वको छानबिन समिति आफूलाई स्वीकार नहुने बताउँदै आएका छन् । अध्यागमनमा सेटिङ मिलाएर नेपालीहरूलाई भिजिट भिसामा विदेश लैजाने गरेको र लाखौं रकम असुली हुने गरेको आरोप विपक्षी दलहरूको छ । सरकारले उक्त प्रकरणमा बनाएको छानबिन समितिलाई रास्वपाले स्वीकार गरेको छैन । आजको संसद वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । प्रधानमन्त्रीले आफ्नो स्पेन भ्रमणबारे संसदलाई जानकारी गराउने भएका छन् ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया