NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नेप्से २२ अंकले घट्यो

काठमाडौँ -नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २२.३५ अंकले घटेर दुई हजार ६८४.०१ को विन्दुमा कायम भएको हो।

आज विभिन्न ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर खरिद–बिक्री हुँदा रु. आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ बराबरको कारोबार भएको छ। होटेल तथा पर्यटन समूह ०.६१ र म्युचुअल फन्ड ०.०७ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.७९, विकास बैंक ०.८१, वित्त ३.७६, जलविद्युत् १.०२ र लगानी समूह ०.७६ प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बिमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, लघुवित्त ०.७०, निर्जीवन बिमा ०.६६, व्यापार १.२५ र अन्य समूह ०.१५ प्रतिशतले घटेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको सेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड परेको छ। उक्त कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु. ८० करोड ७० लाख ५६ हजार ४५१ बराबरको सेयर खरिद–बिक्री भएको छ। त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा प्रभु सेलेक्ट फन्डको सबैभन्दा धेरै २१ लाख १९ हजार ८१७ कित्ता सेयर किनबेच भएको छ।

ताजा अपडेट

नेपालवाच विशेष