रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता
रसुवा– रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया नागरिकसहित १८ जना बेपत्ता भएका छन् ।
मंगलबार बिहान ३ बजेतिर गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा अकस्मात आएको बाढीमा परी १८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनामा परेका ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सम्पर्कविहीन हुनेमा इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्दारका लागि खटिएका मध्ये प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुनन ठाकुर र लोकेन्द्र बोहरा समेत रहेका छन् ।
बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडक भासिएका कारण धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ ।
यस्तै, बाढीले गोसाइँकुण्ड–२ स्थित इभी चार्जिङ स्टेशनमा क्षति गर्दा त्यहाँ रहेका ७–८ वटा गाडी बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवा हाइड्रोपावरको ड्याममा क्षति भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया