सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता जारी
काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सुरु भएको हो । वार्तामा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी छन्।
त्यस्तै चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्षसहित चिकित्सकहरूसँग सम्बन्धित विभिन्न संगठनका नेतृत्व पनि सहभागी छन् । यसअघि आजै दिउँसो यस विषयमा तीन मन्त्रीले छलफल गरेका थिए । उक्त छलफल पछि चिकित्सकहरूसँगको अहिलेको वार्ता तय भएको थियो ।
उपभोक्ता अदालतको फैसलाप्रति आपत्ति जनाउँदै चिकित्सकहरू सेवा ठप्प पार्दै आन्लदोलनमा छन् । सोमबार ओपीडी सेवा ठप्प पारेका चिकित्सकले आज माइतीघर मण्डलामा प्रर्दशन गरेका थिए । २ दिनदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । त्यससपछि उनीहरूले काठमाडौँको नयाँ बानेश्वरसम्म विभिन्न प्लेकार्डसहितको र्याली निकालेका थिए । आन्दोलन नेपाल चिकित्सक संघको अगुवाइमा भएको हो ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया