सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह
उदयपुर -जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो ।
वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ । यस्तो अवस्थामा अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मुल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया