NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउसो ४ बजे बस्ने गरी बोलाइएको सचिव गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल श्रेष्ठले बताए ।

साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष