NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

रुपन्देही–३ मा रास्वपाद्वारा उम्मेदवारका लागि आह्वान

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ ।

पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनका अनुसार, इच्छुक व्यक्तिहरूबाट प्राप्त आवेदनको मूल्यांकन गरेर कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्नेछ । त्यस्तै, उपनिर्वाचन सम्बन्धी सबै कार्यको नेतृत्व गर्नेगरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई कमाण्डरको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ । रास्वपाले प्राप्त आवेदनहरूको मूल्यांकन गरी उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष