बालेनले बोलाए कार्यपालिका बैठक
काठमाडौँ । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्।
महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईँका अनुसार कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।
कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईँले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे बोलाइएको कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया