रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा माओवादी केन्द्रले रसुवामा आएको बाढीमा परेकाको उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले बाढीमा परि मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बैठकले प्राकृतिक प्रकोपका कारण भविष्यमा हुनसक्ने क्षतिहरूको पनि अहिले नै गम्भीर तयारी गर्न समेत माग गरेको उनले बताए ।
बैठकले साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको उनले जनकारी दिए ।
त्यस्तै बैठकले आन्तरिक तथा संगठनात्मक विषयमा केही निर्णयहरू भएको प्रवक्ता सापकोटाले बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया