NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

पूर्वराजाका संवाद सचिव पाठक पक्राउ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिएका छन् । उनले वक्तव्य जारी गर्दा र फेसबुक प्रोफाइलमा ती भाषा प्रयोग गरेको प्रवक्ता बोहराको भनाइ छ ।

पाठकले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सम्बोधन गर्दै जारी गर्ने गरेका थिए । ‘पाठकलाई नेपालको संविधानले नचिनेको श्री ५ महाराजधिराज भनेर सम्बोधन गर्ने र संविधानले नचिनेको संवाद सचिवालय भनी सम्बोधन र लेटरप्याडमा सूचना दिने गरेकाले केही बुझ्न भनेर आज ल्याइएको हो,’ एसपी बोहराले बताए ।

 

ताजा अपडेट

नेपालवाच विशेष