‘आर्थिक वृद्धिदरमा अघिल्लो वर्षभन्दा सुधार आएको छ’-प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको तुलनामा चालु आवमा आर्थिक वृद्धिदरमा सुधार भएको बताएका छन् ।
आफ्नो नेतृत्वमा सरकार गठन हुनु पूर्व ३ दशमलव ८७ प्रतिशत आर्थिक वृद्धिदर रहेकामा यस वर्ष ४ दशमलव ६१ पुगेको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
साथै उनले अर्थतन्त्रका १८ वटा सूचकहरू सकारात्मक रहेका जनाउँदै आर्थिक उन्नयनका निम्ति सरकार क्रियाशील रहेको बताएका छन् ।
“हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दछौँ”, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
शिक्षा, स्वास्थ्य सेवा, सूचना प्रविधि, व्यापार, प्रशासनिक सेवा, निर्माण, उद्योग, विद्युत् तथा ग्यास, खानी, यातायात, बैक तथा बीमा, औद्योगिक उत्पादन, घरजग्गा, कृषि तथा वन, वैज्ञानिक सेवा र आवास क्षेत्रका सूचक सकारात्मक छन् ।


प्रतिक्रिया