दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । आइतबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समितिको बैठक बिहान साढे ११ बजे सुरु हुनेछ ।
बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरू र विविध विषयमा छलफल हुनेछ ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि साढे ११ बजे नै बस्नेछ । बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारबाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया