NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

‘महत्त्वपूर्ण कानुन संशोधन गरेपछि लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दैछ’-प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन संशोधन भएपछि लाइनभन्दा अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताएका छन्।

उनले सोमवार समाजिक सञ्जालमार्फत सरकारमा आएको एक वर्ष पुगेको उल्लेख गर्दै एक वर्षका बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएको दाबी गरेका हुन्।

उनले टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि नभएकाले अहिले सुरुवात गरिएको जानकारी दिएका छन् । ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ। नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ। सबैमा नमन, सबैलाई धन्यवाद’ उनले भने