विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विपद्का समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।
आज विज्ञप्ती जारी गर्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रूत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग र सदस्यहरूमा आह्वान गरेको हो ।
विपद् पूर्वको तयारीका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्न रास्वपाले अनुरोध गरेको छ ।
“मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ”, विज्ञप्तीमा भनिएको छ, “विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो । विपद् पूर्वको तयारी र विपद् पश्चातको प्रतिकार्यका लागि ध्यान केन्द्रित गर्न अनुरोध छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया