कर्णाली याक्सको प्रशिक्षकमा दोहोरिए ज्ञानेन्द्र
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक नियुक्त गरेको छ । कर्णालीले ज्ञानेन्द्रलाई दोस्रो सिजनका लागि निरन्तरता दिएको हो । दोस्रो सिजनको मिनि अक्सनअघि कर्णालीले प्रशिक्षक घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले अगस्टमा मिनि अक्सन गर्दैछ भने नोभेम्बरमा दोस्रो सिजन आयोजनाको तयारी गरिरहेको छ । यो सिजन कर्णालीले सोमपाल कामी (मार्की), गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई रिटेन गरेको थियो । यसअघि काठमाडौं गोर्खाजले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको थियो ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया