तुइन चुँडिँदा महाकालीमा खसेर एकजना बेपत्ता
दार्चुला- तुइन चुँडिँदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्। दार्चुलाको व्याँस गाउँपालिका– २, दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्।
दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जाने क्रममा तुइन चुँडिँदा बुढाथोकी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।
नारायणसँगै स्थानीय २६ वर्षीय जितु विष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न लागेका थिए। नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरेका थिए। त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बिचभागमा पुगेपछि तुइन चुँडिँदा नारायण बेपत्ता भएका प्रहरीले जनाएको छ।
बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले जानकारी दिए। रासस
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया