तुइन चुँडिँदा महाकालीमा खसेर एकजना बेपत्ता
दार्चुला- तुइन चुँडिँदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्। दार्चुलाको व्याँस गाउँपालिका– २, दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्।
दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जाने क्रममा तुइन चुँडिँदा बुढाथोकी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।
नारायणसँगै स्थानीय २६ वर्षीय जितु विष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न लागेका थिए। नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरेका थिए। त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बिचभागमा पुगेपछि तुइन चुँडिँदा नारायण बेपत्ता भएका प्रहरीले जनाएको छ।
बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले जानकारी दिए। रासस
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया