पूर्वराष्ट्रपति विद्या भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक गरिएको छ। नेकपा एमालेमार्फत आफ्नो सक्रिय राजनीतिक यात्रा पुनः सुरु गर्ने घोषणा गरेको केही दिनमै भण्डारीले आफ्ना योगदान र स्मृतिहरूलाई समेटेर वेबसाइट सार्वजनिक गरेकी हुन्।
वेबसाइट मंगलबार औपचारिक रूपमा सार्वजनिक गरिएको हो। यसमा भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, उनका विचार र अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख र दस्तावेजहरूलाई संग्रह गरेर सुव्यवस्थित रूपमा राखिएको बताइएको छ।
वेबसाइट सर्वसाधारणका लागि सहज रूपमा पहुँचयोग्य हुने गरी तयार पारिएको र उनका योगदानहरूलाई स्मरणीय बनाउन प्रयोग गरिने जनाइएको छ।
वेबसाइट अवलोकन गरी सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गरिएको छ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया