मोबाइलमाण्डुले ल्यायो ‘मनसुन धमाका सेल’, सात दिनसम्म ६० प्रतिशतसम्म छुट
काठमाडौं । अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमाण्डुले साउन १ गतेदेखि ७ गतेसम्म ‘मनसुन धमाका सेल’ सञ्चालन गर्ने भएको छ ।
‘अफरको चट्याङ, छुटको बतास!’ भन्ने नारासहित ल्याइएको यो विशेष अभियानमा ६० प्रतिशतसम्मको छुट, ९९९ रूपैयाँमा डेली फ्ल्याश सेल, ट्याब्लेटमा १० प्रतिशत छुट, एउटा किन्दा एउटा फ्री, र १० हजार रूपैयाँ बराबरको गिभअेवे लगायतका विविध अफरहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकहरूलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिने यो सात दिने अभियानअन्तर्गत २ हजार ४९९ रूपैयाँ भन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइनेछ । साथै, मोबाइल तथा घरेलु उपकरणमा सजिलो ईएमआई सुविधा पनि प्रदान गरिनेछ ।
मोबाइलमाण्डुका अनुसार, फेसबुक, इन्स्टाग्राम र टिकटकलगायतका डिजिटल माध्यमबाट गिभअेवेहरू सञ्चालन गर्ने तथा सहभागी ग्राहकहरूलाई ह्यासट्याग #MonsoonDhamakaSale, #MobileMandu, र #FlashSaleNepal प्रयोग गरी आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्ने जनाएको छ ।
कम्पनीले ग्राहकहरूलाई mobilemandu.com मा गई छुट, गिभअेवे, र अन्य अफरहरूको लाभ लिन आग्रह गर्दै मनसुनको यो अवसरलाई बचत र उपहारको मौसमका रूपमा उपयोग गर्न सुझाव दिएको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया