आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ
काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ
नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान) ले एक कार्यक्रमबीच माननीय महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रुपमा प्रदान गरेको हो ।
कम्पनीलाई जीवन बीमा तर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको थियो । जीवन बीमा समुहमा नेपाल लाइफ इन्स्योरेन्सको आ.व. २०८०/८१ को वार्षिक वित्तिय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको हो ।
जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो । यस अवार्डले कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, खुलासाहरु पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई शिरोधार्य गर्दै वित्तीय प्रतिवेदन तयार गरेको, वित्तीय पारदर्शिता जवाफदेहिता र संस्थागत सुशासन लाई मध्यनजर गर्दै चुस्त र दुरुस्त रुपमा कार्यसम्पादन गर्दै आएको झल्काउँछ ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो अवार्ड प्राप्त गर्दा गौरवान्वित भएको साथै यस बाट अझ राम्रो गर्दै जानुपर्ने जिम्मेवारी थपिएको बताए ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा सहयोग गर्नुहुने अन्य सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया