पशुपतिमा जेनजी सहिदको सम्मानमा पर्सि दीप प्रज्ज्वलन
काठमाडौं । गत भदौ २३ र २४ गते जेन–जी पुस्ताले गरेको विद्रोहका क्रममा ज्यान गुमाएका शहीदको सम्मानमा पशुपति क्षेत्र विकास कोषले दीप प्रज्ज्वलन गर्ने भएको छ ।
यही मंसिर २ गते राति बालाचतुुर्दर्शीका दिन सरकारले शहीद घोषणा गरेकाहरूको आत्माको शान्तिको कामना गर्दै कोषले दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गर्न लागेको हो ।
कोषले सम्पर्क व्यक्ति र उनीहरूको मोबाइल फोन नम्बर सार्वजनिक गर्दै शहिद परिवारका सदस्यहरूलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ ।
त्यस्तै, कोषले सतबिज छर्न २ हजार १०० शुल्क तोकेको छ । कोषका अनुसार कोषबाट रु २ हजार १०० को रसिद काटी आवश्यक सामग्रीसहित सम्बन्धित कर्ताबाट सङ्कल्प गरी मंसिर २ गते दीप प्रज्ज्वलन हुनेछ भने ३ गते बिहान त्यसलाई विसर्जन गरिनेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो



प्रतिक्रिया