प्राधिकरणद्वारा एक इन्टरनेट सेवाप्रदायकको लाइसेन्स रद्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवाप्रदायकलाई दिएको लाइसेन्स रद्द गरेको छ ।
गण्डकी कम्युनिकेशन प्रालि, कास्कीलाई प्रदान गरिएको इन्टरनेट (इमेलसहित) सेवाको अनुमतिपत्र प्राधिकरणले रद्द गरेको हो ।
गण्डकीले लाइसेन्स नवीकरणका लागि तोकिएको समयावधिभित्र आवेदन नदिएपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम रद्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
गत कात्तिक २३ देखि गण्डकीको लाइसेन्स रद्द गरेको प्राधिकरणले ३० दिनभित्र बाँकी बक्यौता रकम चुक्ता गर्न पनि निर्देशन दिएको छ । अन्यथा प्रचलित कानूनअनुसार गण्डकीमाथि कारबाही प्रक्रिया अघि बढाउने चेतावनी प्राधिकरणको छ ।
गण्डकीले ०६७ सालमा इन्टरनेट र इमेलसहितको सेवा प्रदान गर्न पाउने गरी नेपाल दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स लिएको थियो । त्यस्तो लाइसेन्स नियमति नवीकरण गर्नुपर्नेमा पछिल्लो केही समययता गण्डकीले गरेको थिएन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया