NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

एनपिएलको टिकट सकिएपछि प्रहरीले भन्यो– मैदान बाहिर भीडभाड नगरिदिनुहोला

काठमाडौं । नेपाल प्रहरीले टिकट नभएका व्यक्तिलाई त्रिवि क्रिकेट मैदान बाहिर भीडभाड नगरिदिन अनुरोध गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा हुने एनपिएलका खेलहरू टिकट काटेर भौतिक रूपमा उपस्थित भई हेर्न सकिने व्यवस्था आयोजकले मिलाएको छ ।  तर उद्घाटन खेल हुनुभन्दा अगाडि नै सबै टिकट बिक्री भएका छन् ।

टिकटभन्दा धेरैले सोमबारको उद्घाटन खेल हेर्ने आकांक्षा देखाएपछि सम्भावित भीडभाडलाई मध्यनजर गर्दै प्रहरीले टिकट भएका व्यक्तिहरूलाई मात्र त्रिवि क्रिकेट मैदानमा जान अनुरोध गरेको हो ।

‘…कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुने एनपिएल क्रिकेट प्रतियोगिताको आजका सम्पूर्ण टिकटहरू सोल्ड आउट भइसकेको जानकारी प्राप्त भएकाले टिकट नभएका महानुुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं,’ प्रहरी परिसर, काठमाडौंले सोमबार बिहान एक सूचना जारी गर्दै भनेको छ ।

क्रिकेटका पारखीहरूको बहुप्रतीक्षित खेल एनपिएल सोमबारबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । उद्घाटन खेलमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्स आपसमा भिड्दैछन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष