माघ २२ गतेदेखि आइपिओ निष्काशन गर्दै होटल फरेष्ट इन
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ ।
जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेकाहरुलाई आइपिओ निष्काशन र बाँडफाँट गरिसकेको छ ।
जसमध्ये ४ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका, २ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण सेयर कम्पनीले निष्काशन गर्न लागेको हो। यो आइपिअोमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।


प्रतिक्रिया