आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी
काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपेटिका संकलनको काम जारी छ । निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले रसुवा, दोलखा, रूकुम पूर्व, बाजुरा, बझाङ र हुम्ला र रसुवामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भएको बताए । अन्यत्र केही जिल्लामा पनि मतपेटिका ढुवानी जारी छ । शुक्रबार दिउँसो १२ बजेसम्म सबै जिल्लाको मतपेटिका संकलन सकिने प्रवक्ता भट्टराईले बताए ।


प्रतिक्रिया