रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारबाट हटाउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न कारण देखाऊसहित अन्तरिम आदेश दिएको हो ।
साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेको थियो । त्यहीकारण उनको उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । सर्वोच्च अदालतले कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्र र नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको छ।
निर्वाचन आयोगले किशोरी शाहको उम्मेदवारी खारेज गरेर नेकपाका मातृका यादवलाई विजयी घोषणा गरेको थियो।
साहले गत फागुन १९ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार उनको नाम उम्मेदवारको सूचीबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।
धनुषा जिल्ला सबैला नगरपालिका वडा नं. १२ बस्ने साहको उम्मेदवारी खारेज भएपछिको निर्वाचनमा रास्वपाको घण्टी चुनाव चिह्नमा करिब २३ हजार मत खसेको थियो ।
तर आयोगले साहको उम्मेदवारी खारेज भइसकेकाले १० हजार मत ल्याएका नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवलाई विजयी घोषित गरेर प्रमाण पत्र पनि दिएको छ। उनलाई बिहीबार मात्रै आयोगले आफ्नो वेबसाइटमा विजयी घोषित गरेको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया