समानुपातिक सांसदको नाम बुझाउन ३ दिनको म्याद
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट टुंग्याउँदै दलहरूलाई सांसदको नाम बुझाउन ३ दिनको समयसीमा तोकेको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनको सम्पूर्ण मतपरिणाम आएसँगै ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका ६ वटा दललाई उम्मेदवार छनोट गरी पेस गर्न आयोगले बिहीबार पत्राचार गरेको हो।
आयोगले निर्धारण गरेको सिट संख्याअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५७ जना सांसदको नाम पठाउनुपर्नेछ।
त्यस्तै, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १६ र नेपाल कम्युनिस्ट पार्टीले ९ जनाको नाम सिफारिस गर्नुपर्नेछ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४-४ जना सांसदको नाम बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (४), निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम दलहरूलाई पत्राचार गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया