NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

संसदीय राजनीतिबाट विश्राम लिने सीके राउतको घोषणा

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्। सोमबार एक वक्तव्य जारी गर्दै उनले पदको राजनीतिबाट टाढा रहे पनि पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिने र जनताका लागि संघर्ष गरिरहने बताए ।

डा. राउतले विगतमा व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको अनुभव साझा गर्दै, अब पदको लोभ वा मायाजालमा नअल्झिन संसदीय राजनीतिबाट विश्राम लिने निर्णय लिएको स्पष्ट पारेका छन्। उनले भने, “राजनीतिबाट गायब भएको होइन, सिद्धान्त र एजेन्डा अघि बढाउँदै जनताको सेवामा रहिरहने छु।”

उनी आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि पार्टी तयारीमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।