NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

स्वास्थ्य बीमा बोर्डद्वारा टिकटक–फेसबुक रिल्स भिडियो प्रतियोगिता

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना बढाउने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा अधिकतम एक मिनेटको भिडियो बनाएर टिकटक वा फेसबुक रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्यागसहित चैत २ देखि १५ गतेभित्र बोर्डको इमेलमा पठाउनुपर्नेछ।

भिडियोको मूल्यांकन लाइक, सेयर, कमेन्ट, भ्युज, सन्देशको स्पष्टता र सिर्जनात्मकताका आधारमा गरिनेछ। प्रतियोगितामा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ।