NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

रास्वपाको सांसद प्रशिक्षणमा मोबाइल निषेध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदलाई भोलि अभिमुखीकरण प्रशिक्षण दिँदै छ। दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रम ग्वार्कोको होटल रोयल दुलिपमा हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

प्रशिक्षणमा आउने सांसदहरूलाई रास्वपाले ६ निर्देशन जारी गरेको छ।

पार्टीले सबै सांसदहरूको खाना र आवास सुनिश्चित, कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध, कार्यक्रममा स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरेको छ।