डीपी अर्यालले भने- यो अवसरलाई सदुपयोग गर्न सकेनौँ भने हामी आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले ७० प्रतिशत एउटै पार्टीले मत पाउनु निर्वाचनमा विरलै देखिने बताएका छन् । रास्वपाले आज देखि सुरु गरेको अभिमुखिकरण कार्यक्रममा उनले नवनिर्वाचित सासंदहरुलाई यो अवसरलाई सदुपयोग गर्न नसके आफैंलाई माफ गर्न कठिन हुुने बताउँदै यो मतलाई कदर गर्नसमेत आग्रह गरे ।
‘यो मौका हामीलाई त्यतिकै आएको छैन। हामीले गम्भीर रूपमा लिएर जानुपर्नेछ। जेनजी पुस्ताले हामीलाई जहाँ भएपनि नियालिरहेका हुन्छन्। हाम्रो लगनशीलता र क्षमतालाई नेपाली जनता र यो देशको लागि सुम्पिनुपर्नेछ। यो इतिहास लेख्ने सुवर्ण अवसर हो। इतिहास पढ्ने मात्रै होइन, लेख्ने यो अवसरलाई सदुपयोग गर्न सकेनौँ भने हामी आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ।’ उनले भने ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया